छन्दका विविध कविताहरू
छन्दका विविध कविताहरू
प्रभावली छन्द न क्ष्क्ष्क्ष् र क्क्ष्क् न क्ष्क्ष्क्ष् र क्क्ष्क् गण १२ अक्षर ६ मा यति ।
कर्म–सुधा
गहन छन् कुरा चहक देखिने
प्रकृति साथमा महक मस्किने
वदन चम्किलो वचन सुन्दर
कुसुम कान्ति झैँ मृदुल सागर । १ ।
मधुर कर्ममा मधुर चालमा
मधुर धारणा मधुर भालमा
मधुर दृष्टिमा मधुर भावना
जति भयो क्रिया अचल साधना । २ ।
मधुरता सधै सुजन खोज्दछ
नत–सुधा सधै सतत बग्दछ
विगत ज्ञानले जगत बन्दछ
सब मिले यहाँ सगर चुम्दछ । ३ ।
मधुर सुन्तला रस छ सारको
मधुर अर्चना अचल दामको
नव विधा खुले सबल बन्दछ
सरस प्राप्तिले मुलुक मिल्दछ । ४ ।
मिति २०६८ माघ २४ मङ्गलवार
सुनियो कविता राम्रा देश–विदेशका कुरा
कतिले सुन्न सक्ने हुन् राखेका भाव धारिला ।
जिन्दगी छ स्वयं एक क्षणको सुखमा पनि
आत्तिने अनि मात्तिने देख्दछौँ क्षणको धनी ।
गरिमा राख्नको लागि अगाडि बढ्नुपर्दछ
त्याग्नुपरे सबैथोक त्यागेरै जुट्नुपर्दछ ।
प्रतिध्वनि
धर्तीका अनगिन्ति सारसँगमा रम्ने ग¥यौँ तापनि
रम्ने सार कहाँ सकिन्छ र यहाँ ध्वन्यात्म नै हो ध्वनि
व्यर्थै दुःख बिझाउने किन यहाँ आनन्द पारी पर
आनन्दीमन माझमा रमणको बाहेक के नै छ र !
(१)
सारा सृष्टि रचाउने रसिकको एकाग्र मान्छे जहाँ
दर्पी भै सबको विचारसँगमा खेल्ने गरेको यहाँ
नाना सृष्टि गरेँ, म नै अति महान् भन्ने भएछन् तर
सुख्खैमात्र बकाउने भ्रमितमै आनन्द छाडे पर ।
(२)
खेती भो भ्रमको विकार मनमा उब्जिन्छ के नै यहाँ
जे रोप्यो त्यसको त्यसै फल हुने निर्माणकै नीतिमा
कर्मैको फल आशमा समयको वास्ता गयो व्यर्थमा
त्यो छाडी अब बढ्नुमा गति लिने देखिन्छ है अर्थमा ।
(३)
इच्छा व्यापक छन् सदा हृदयमा गर्छन् त्यही कामना
रक्षा खै कसरी हुने गमनमा गर्नुपरे सामना
स्वच्छन्दाभिमुखी बनी हरण भो, आप्mनोपना गुम्सियो
सोचौँ रम्य समाजको सदनमा आडम्बरी तम्सियो ।
(४)
कालो वादल छेउमा पनि कतै देखिन्छ चाँदी नयाँ
रागीको रङसाथमा पनि कतै भेटिन्छ अस्तित्वमा
वाणीमा यदि हुन्छ है निपुणता संसार आप्mनै भयो
सत्कर्मै व्यवहारमा भइदिए भोग्ने स्वयं त्यै न हो ।
(५)
सारा रम्य कुरा समाजसँग छन् दृष्टान्त त्यै मिल्दछ
अन्तर्वस्तु यहीँ सुधासरि सँगै खोजे सधै खुल्दछ
जे जे छन्, सब वस्तु छन् सँगसँगै सम्प्राप्तिमा निर्भर
चल्ने हो यदि साधनारत भई पाइन्छ त्यै आखिर ।
(६)
देखिन्नन् हर वस्तु नै प्रकृतिमा बाहेक अस्तित्वका
सारा छन् जगमा पुरातन न भै पूर्णत्वकै साथका
एकै रूप समान छन् विविधमा फेरिन्छ नौलो विधि
लीला झैँ सब लाग्छ यो सुरभिमा सम्पूर्ण एकै निधि ।
(७)
जनमत मासिक साहित्यिक पत्रिकामा प्रकाशनार्थ गएको ।
आलोक
आयो रम्य कला सफा हृदयको, सौन्दर्यको, छालको
यौटा गम्य कथा–सुधा सुकृत भो आश्चर्यको, सारको
मान्छेका रमणीय चाल महिमा भेट्ने गरेको पल
केन्र्द्रीभूत भयो सबै विषयमा भेटिन्न कौनै छल ।
(१)
हैमाच्छादित शैलको शिर चुमी बग्ने हवा शीतल
छोयो धन्य भयो, सबै सुख मिल्यो, सर्वत्र भो निर्मल
चूँ चूँको रवको, सुशान्त वनमा साझा नयाँ पालुवा
आफै सुन्दर ठाउँको, प्रकृति यो झल्किन्छ नौलो युवा ।
(२)
राम्रो याम थियो, सुचारु गति थ्यो, भाका नयाँ मिल्दथ्यो
चारैतर्फ खुला–खुला गमनमा बाधा त्यहाँ हुन्न थ्यो
पानी झर्झर बर्सिंदा मगन भै बालापना भित्रियो
नव्या भावित भावना हृदयमा नौलो प्रभा सिर्जियो ।
(३)
ढल्केका रवि पश्चिमी शिखरमा हेर्दा थियो सुन्दर
पल्केको मन माझमा गति लिँदा क्यै हुन्न नै अन्तर
चौतर्फी फलपूmलमा ढलिमली गर्ने यही हो मन
सारा दुख्ख हटाउने सरसिलो भर्ने सुनौलो धन ।
(४)
पाखा छन् हरिया अनेक रसका द्राक्षादिले पूर्ण छन्
क्वैलीको ध्वनिले मुखाकृति उतै तान्ने गरेको छ झन्
सेवामा सब निस्किएसरि यहाँ मान्छे सबै व्यस्त छन्
मानौँ यी विधि विस्मिता सुरभि हुन्, आलोक बर्साउँछिन् ।
(५)
तृषितलाई सम्झिँदा
देशका गहना हुन् ती विद्वान्, सर्जक, साधक
सम्झनामा सजाएर राख्छौँ, बन्छौँ नि भावुक । १ ।
बाँच्ने बचाउने व्यक्ति समाजभित्र पूर्ण छ
राममान स्वयं त्यस्तै देख्दथ्यौँ गरिमावृत । २ ।
पेसा थ्यो जनको सेवा अर्को साहित्य–सिर्जन
गीतमा मुटु हल्लिन्थ्यो मानवी–धन, जीवन । ३ ।
भावनामा सदा रम्ने लौकिकी उपचार थ्यो
साहित्यिक सुधा मिल्दा अन्तर्हृदय रम्दथ्यो । ४ ।
तृषित भावनाभित्र सारा संसार डुल्दथ्यो
अनेक गीतका भाकाभित्र सभ्य समाज थ्यो । ५ ।
दर्जनौँ कृतिका स्रष्टाभित्र नै सृष्टि खुल्दथ्यो
लेखनी रमणी पाई सुन्दर पूmल फुल्दथ्यो । ६ ।
विधा छन् विविधा दृष्टि जागृति पूर्ण भावना
विरह, वेदना बोक्ने मन जाग्थ्यो सुधारमा । ७ ।
लामबाहिर के हुन्थ्यो मन निर्मल भो भने
सकलाकार आधार पाइन्छ दृष्टि भो भने । ८ ।
स्रष्टाको सृष्टि आफैमा अग्रगामी निरन्तर
चल्छ, को रोक्न सक्थ्यो, भो समाजनिम्ति तत्पर । ९ ।
कतै छन् जनसेवामा, कतै साहित्यको धुनी
लोकमा प्रिय छन् धेरै व्यक्तित्व बन्दिए गुनी । १० ।
मिति २०६९ मार्ग १० गते आइतवार ।
छन्द ः गीतिका । प्रमदानन क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्क्ष् क्क्ष्क्ष् क्क्ष्क् क्ष्क्ष्क् क्ष् क् २० अक्षर ।
म पिऊँ कविता–सुधा
न त सार क्यै व्यवहारमा न सुधार भो कुविचारमा
अघि बढ्नकै कति छट्पटी नवधा–विधा न समाजमा
किन धारणा यति निम्नता धनमाझमा नव–सभ्यता
असरल्ल भो अब मानवी–तनबाट नै सब मान्यता ।
(१)
मन माझिँदा मद दूर भो सब कालिमा पर सर्नुमा
गति अग्रता, मति अग्रता तम हुन्छ नै कुविचारमा
नत भावना विगता नभै सँग हिंड्नुमा अधिकार हो
अब बङ्गिने, अब मात्तिने दुख सल्किने अभिसार भो ।
(२)
म सँगै हिंड्यौ मद साथमा मत राख्नुको छ र अर्थ क्यै
सब नै उही सब धारणा पर पर्न गै विकलाङ्ग भै
न सगाउँदा पट खुल्न गो न उठाउने क्षमता रह्यो
मत के गरूँ हित चित्तमै नरही सबै करुणा गयो ।
(३)
म सँगै हुँदा किन चित्तमा दुख कामना किन राजमा
शुभ मान्यता यस विश्वमा रहने हुँदा किन व्यर्थमा
अशुभा–शुभा शिव–कल्पना वसुधा–सुधा मन अर्चना
विगतागतै बनिदिन्छ नै सुकिला भए हित–सिर्जना ।
(४)
सुकिला कला भरिइन्छ जो बुध–भावना शुभ–कर्ममा
सुफला गला सुसिइन्छ जो त्यसमै कला सु–समाजमा
परिपक्वता घरमा भए न विचार यो तल झर्दथ्यो
किन छौँ यहाँ, किन भिन्न छौ,ँ नतमै यहाँ स्वर मिल्दथ्यो
(५)
धरणी स्वयं जन–पालिका न त्यहाँ कुनै तल–माथि छ
जति जीवनी म फुकाउँथेँ गत भिन्नता अघि सर्दछ
नत सारमा नत धारणा भो दुबिधा कहाँ अघि पर्दछ
यस सृष्टिमा अब चल्नुमा छ यथार्थको पन फुर्दछ ।
(६)
कविता–विधा जन–तालिका यसमा कुनै छ र भिन्नता
मत छैन है फुटको यहाँ रसिलो विधा सब योग्यता
म छु साथमा गति मागमा सुकिलो भयो अब पूर्णता
किन अल्पिने किन मस्किने म पिऊँ यहाँ कविता–सुधा ।
मिति ः २०६८ चैत्र १६
रथोद्धता क्क्ष्क् क्ष्क्ष्क्ष् क्क्ष्क् क्ष् क् ११अक्षर ।
मस्त–मस्त अझ मस्त माधुरी
सूर्य–रश्मि ल हिमालमा परी
स्वर्ण झैँ चमक शोभनै छरी
मानुषी–हृदय यो खुला सरी । १ ।
सुस्त–सुस्त ल दिगम्बरै खुले
स्वादिलो रस लिई सबै झुले
पूर्णता पनि यहीँ सुधारको
स्वर्णभा मन भएछ विचारको । २ ।
दिक्क–दिक्क छ दिमाग बल्झिए
सुँक्क–सुँक्क छ पदार्थ सल्किए
पार छैन यसको कुरा गरी
मोहका पछि गए विषैसरी । ३ ।
छन्द ः अचलधृति क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष् १६ अक्षर ।
गूढार्थ
प्राचीनताको परिपाक भेट्दा
सुनाक्षरी यो महिमा समेट्दा
एकाग्रतामा म त रम्न पुग्छु
सुयोग्य कर्मी तब पो म बन्छु । १ ।
यो मूर्ति साकार चलायमान
अनन्त खोजी रसमा छ शान
पौराणिकी दिव्य कथा समाई
सुखान्तमा पुग्दछु यो सुनाई । २ ।
घमाइलो धार समेट्न खोज्दा
रसाइलो सार त भेट्न सोच्दा
पदार्थ साकार चलाइ चल्छु
ब्रह्माण्ड–पूर्णा रसमा म भुल्छु । ३ ।
भूतत्व–विद्या सँगमै भएर
विश्वासको रास गयो नि खेर
अधैर्य बन्दै कति धीरतामा
धक्का दियौँ धम्र्य पुरा कुरामा । ४ ।
प्रभातमा सुन्दर दृश्य खुल्छ
अदृश्य कर्माङ्कित तथ्य मिल्छ
सम्पूर्ण रम्दा मन रम्न पुग्छ
गूढार्थ धारासँग घुम्न पुग्छ । ५ ।
कथा यहाँ छन् हर वस्तुका छन्
ब्रह्माण्डभित्रै प्रतिरूपमा छन्
तथापि आफै विषयी बनायौँ
भू–स्वर्ग हो, यो सुविधा गुमायौँ । ६ ।
असारमा सार छ दृष्टिभित्र
प्रकारमा पार छ सृष्टिचित्र
सबै–सबैमा रहने विचित्र
संसारको सार सुधा छ मित्र । ७ ।
पुरा कुरा छैन सबै छ आज
पूरा कुरा हुन्छ यथार्थ माझ
अल्झिन्छ, आफै अनि बन्छ भिन्न
यथार्थमा हुन्छ सबै अभिन्न । ८ ।
कल्पिन्छु काव्यामृत भेट्न पाई
विश्वम्भराको महिमा जगाई
सम्पूर्ण रम्ने परिपूर्णतामा
प्राचीनताको गरिमा कथामा । ९ ।
प्रत्येक छन् ठाउँ त रम्य ज्ञान
अचम्म लाग्दो छ कला–विधान
सत्यार्थको यो महिमा अपार
सौन्दर्य भेट्ने गरिमा प्रकार । १० ।
पवित्रताको रसले झुकायो
पदार्थको नन्दनले सजायो
मनुष्य–चोला यसमै रमाउँछ
सत्यार्थमा चल्न सिके सजाउँछ । ११ ।
उपजाति छन्द
इन्द्रबज्रा क्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क् क्
उपेन्द्रबज्रा क्ष्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क् क्
मिति २०६९ पौष १७ मङ्गलवार ।
छन्द ः प्रहणकलिका क्ष्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष्क् ७ मा विश्राम । १४ अक्षर ।
प्रकृति–कृति
प्रकृति–कृति सदा अमर छ जनमा
भ्रमण रमणको विचरण छ मनमा
रसिक बुधहरू सरस बनिबनी
सुललित गरिमा सकल कृत रमणी । १ ।
भ्रमर कति यहाँ नव रस लिनमा
भुन–भुन–भुनको सुमधुर रणमा
यति, गति विविधा वरपर सजिँदा
तन–मन खुस भो प्रकृतिसँग हुँदा । २ ।
सबसँग भरियो कृति–रस तनमा
सबल बल सबै जन–मन रमणमा
ध्वनि सुखद भयो तन सुमधुरमा
अमर कृति यहाँ जल–थल–नभमा । ३ ।
अगलित सम भो मन–तन सबको
अपरिमित भयो अगणित नभ यो
किन छ समर यो वर छ सुगमता
पथ–सर–सरिता सहचर छ सुधा ।
(४)
म्ुदित मन भए तन सुखसँग भो
मन विचलनमा तन–धन–रङ गो
मधुर वचनमा सरस सुगम यो
विषय रत नभै नव अनुभव भो ।
(५)
गूढार्थ
कथा यहाँ छन् शिवतत्व भेट्ने
सुन्ने गरेका विगतै समेट्ने
कोरा कुनै हुन्न सबै समान
भूगर्भमा नै सुरताल ज्ञान । १ ।
सुखान्तका दिव्य कथा सजाई
दुखान्तका राग सबै भगाई
चल्ने गरे पो तब यो समाज
बन्थ्यो, रहन्थ्यो महिमा प्रकाश । २ ।
गर्ने सबै छन् मद साथ राज
तसर्थ यो सुप्त समाज आज
सम्पूर्ण भारी मनले उठायौँ
सन्त्रासमा नै कति बुभ्mन पायौँ । ३ ।
विचारमा नै कविता उदायो
यो चित्तमा लौ समता रसायो
क्षणार्थमा होइन यो विचार
प्रत्येकमा गूढ छ अर्थ सार ।४ ।
बर्खासरी छन् नव शब्द सारा
सग्लिन्छ आभा मन दिव्य धारा
उठाउने त्यो क्षमता उदायो
जीवन्त भाका मनले समायो । ५ ।
सुशान्त भाका मनमा उदाए
संसारकै सार यहीँ रमाए
उदात्त, माधुर्य रसानुभूति
पाएर मात्रै सम चित्तवृत्ति । ६ ।
नयाँ–नयाँको सब चाह गर्छन्
स्वचित्त खोली सबले सुधार्छन्
आपैm कहाँ हुन्छ नयाँ विधान
समर्पणै हो महिमा प्रमाण । ७ ।
नयाँ कुरा गर्नु छ भावनाको
साझा कुरा भर्नु छ साधनाको
सोचाइमा भो यदि आत्मगाथ
भोगाउने नै हुन सक्छ साथ । ८ ।
रखाइमा छन् अति सूक्ष्म तत्व
आनन्दमा हुन् सब दृश्य सत्व
सम्भावनामा अनुकूल बन्छन्
सत्यार्थ भेट्ने नरमाझ हुन्छन् । ९ ।
आकाशगङ्गा भरिलो छ भित्र
मन्दाकिनीको जलभैmँ पवित्र
मनुष्यको सत्य स्वभाव गम्य
बन्थ्यो, रहन्थ्यो हर भाव रम्य । १० ।
हरेक राम्रा दिन खोज्नुपर्छ
पदार्थमा नन्दन भेट्नुपर्छ
नयाँ छ प्रत्येक नयाँ विचार
यो ज्ञान भो पूर्ण भयो सुधार । ११ ।
उपजाति छन्द
इन्द्रबज्रा क्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क् क्
उपेन्द्रबज्रा क्ष्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क् क्
मिति २०६९ पौष १० गते मङ्गलवार ।
मानवाधिकार स्वतन्त्रता
सत्य, प्रेमी स्वभावैमा यथार्थ रूप टिक्दछ
आडम्बरी बन हिंड्ने मान्छेमा के सुवास छ ? । १ ।
सहानुभूति, आदर्श, सहयोगी छ भावना
आत्मसंयमी भै बाँच्ने मान्छे हुन्छ समाजमा । २ ।
बाँच्ने बचाउने ज्ञान सबैमा हुनुपर्दछ
तब यो हाँस्दछिन् धर्ती यसैमा खुल्नुपर्दछ । ३ ।
सुविधा खोस्नु हुँदैन प्रेमैले सब मिल्दछ
पुनरुत्थानमा मान्छे समर्पित गराउँछ । ४ ।
राजनीतिक मान्छे त अगुवा हो समाजको
दृढ—प्रतीञा, सङ्कल्पी निवै भिक्तिकी घारको । ५ ।
अधिकारबिना मान्छे मान्छे बन्दैन सूक्ष्ममा
प्रयोग गर्न जान्दैन मान्छे हुँदैन रूपमा । ६ ।
स्वतन्त्रता त्यहीँ मिल्छ संस्कारयुक्त राज छ
समाजप्रति दायित्व बोकेको नरदेश छ । ७ ।
आत्मगौरव सम्मान स्व–बलिदानमा छ नै
स्वस्थ शासनको रूप भोगिन्छ पूर्णमा सधै । ८ ।
जस्तो कर्म ग¥यो त्यस्तै फल मिल्दछ देशमा
सुरम्य सार पाइन्छ, भेटिन्छ नै समाजमा । ९ ।
धनोपार्जन होस् यस्तो न्यायोचित सुशासन
अधिकार त्यहीँ मिल्छ समाजभित्र आसन ।। १० ।।
अधिकार सबैको हो स्वतन्त्र बाँच्न पाउनू
त्यो दिए मात्र पाइन्छ अन्यत्र के समाउनू । ११ ।
सुशासन भए मात्र अरुको हित गर्दछ
कुशासनी भए मान्छे आप्mनै मात्र त सोंच्दछ । १२ ।
पूmल फक्रिन्छ स्वच्छन्द फल लाग्दछ
अरुको लागि सर्वत्र बाँचेको भाव जाग्दछ । १३ ।
मान्छेकै निम्ति मान्छे हो नभए हुन्न जिन्दगी
अधिकार त्यसै हुन्न हुन्न नै पूर्ण जिन्दगी । १४ ।
स्वार्थमा लिदा भै आज अन्धो छ किन मानिस
हेर्नुपर्दछ आपैmले त्यही हो पूर्ण मानिस । १५ ।
अधिकार स्वयं मिल्छ रीति—स्थिति मिलेपछि
यहीं पाउँछ मान्छेले भित्री दृष्टि खुलेपछि । १६ ।
सुरक्षा बल चाहिन्छ चाहिन्छ कर्म भावना
प्रत्येक व्यक्ति व्यक्तिमा चाहिन्छ उच्च साधना । १७ ।
स्वतन्त्र तन हो मेरो स्वतन्त्र मन चल्दछ
म बाँच्न पाउने मार्ग चाहिन्छ सब भन्दछ । १८ ।
जननी पनि चाहन्छिन् सन्तति मुखमण्डल
हाँसेको प्रेम खेलेको स्वतन्त्र रूप चञ्चल । १९ ।
छन्द ः पञ्चचामर क्ष्क्क्ष् क्क्ष्क् क्ष्क्क्ष् क्क्ष्क् क्ष्क्क्ष् क् ८मा विश्राम । १६ अक्षर ।
कर्मसार १
प्रभातको पसारमा छ दिव्य दृष्टि धारणा
म फर्किएँ स्वभावमा उदारता छ चाहना
हिमालको उचाइमा विशुद्ध स्वच्छ भावन
जहाँ छ सूर्यरश्मिले सुनैसरी स्वचालन ।
विकारको पसारमा अनन्तशक्ति सार गो
पछाडि छाड्नु कालिमा अगाडि बढ्नु सार हो
म कर्मचोर बन्दिँदा सुधार हुन्न काममा
छ चाह कामधेनुको विधानको समाजमा ।
म कुम्भकार भै नयाँ–नयाँ कुरा बनाउँछु
गुराँस झैँ, गुलाफ झैँ बनी–बनी सजाउँछु
म मूढ बन्दिँदा सधै कुचक्रको भुलाइमा
समस्त देश बल्झियो कुकर्मको चलाइमा ।
कुटुम्बको विचारमा जहानको विचार भो
अमान्य मान्य भै यहाँ कुमान्य पात्र भित्रियो
कुपात्रमा गयो प्रथा सुपात्र थन्किएसरी
यहाँ उहाँ कुदृष्टिले सबै विधा पिएसरी ।
म चल्छु यो समाजमा म खुल्छु है विचारमा
अनन्त नै सुधार्नु यो सधै सुहृद् विहारमा
उदाउने यता–उता जता–तता स्वभावमा
नजान्छ क्यै भरे सँगै रहन्छ स्नेह धारणा ।
बिहान–साँझ सृष्टिका घुमी–घुमी सजाउने
कतै तमस्विनी यही कतै दिवा सुहाउने
दिगो कुरा यहीँ सबै सुशान्त छन् विधाहरू
तरङ्ग झन् अनेक नै बनोटका क्रियाहरू ।
दिनेश छन् कहाँ–कहाँ अनन्त रश्मि प्mयाँक्दछन्
सबै सँगै समान छन् अनन्त वस्तु साथ छन्
न भो त्यहाँ दिशाभ्रमै समस्तकै सुचालक
प्रकारका सधै–सधै यिनै बने प्रचारक ।
द्विपक्षका कुरा सुनी बिहान–साँझ रम्दछु
प्रदीप्त–दीप्त कामना सुसारमा लगाउँछु
सदैव कर्मशील भै विकार नै भगाउँछु
प्रतिक्रिया सुधारमा समस्त राग ल्याउँछु ।
म लिन्छु दोहनी यहाँ दुहुन्छु द्वित्वभावमा
म झुल्छु दोलिका खुसी अनेक उच्च रासमा
म हिंड्छु भित्र साथमा म मित्रता खुलाउँछु
समस्त विश्व–चालमा रमाउँदै अटाउँछु ।
म बन्छु स्याउलो यहाँ खुवाउनेछु स्यावजी
धरा हराभरा सधै छ मानवी–सुधा–बटी
समस्तको छ चहना स्वतन्त्रता पुकार हो
स्वनाम–धन्य वीरकै सुयोग्य कर्मसार हो ।
मिति २०६९ वैशाख ०४ गते सोमवार ।
कर्मसार २
कथा प्रसङ्ग छन् यहाँ हराभरा विचारका
प्रशस्त साधना गरी कथाइ छन् प्रकारका
छ मिल्नु नै यथार्थमा छ भुल्नु नै पदार्थमा
मनुष्यमा छ भावना छ पूर्णको बसाइमा ।
सकार गर्न पाइँदा कबीर झैँ भए कति
सुपूज्य काज कत्तिको सुनाक्षरी बने कति
सबै कुरा छ खोजमा अदृश् वस्तु दृश्यमा
समाउने छ चित्तले प्रवीण वर्च काजमा ।
समस्थलै भएर गो समाइको विवेकले
नचाइमा छ योग्यता नदीशको प्रभावले
सुधांशु भौँ छ झुल्किने समर्चना स्वभावमा
समर्थ पुस्तिकासरी खुलस्त शब्द–ब्रह्ममा ।
रचाइको विहारमा रमेँछु स्वस्थ धारमा
सबै यहीँ हुँदा हुँदै अलग्ग माझधारमा
कतै तलाउ झैँ हुने कतै नदीश बीचमा
डुँगा घुमे, घुमेसरी म रिङ्छु यो रिँगाइमा ।
कतै सँगै छ विज्ञ कि मूल–तत्व समाउने
पुरा र वर्तमानको कथा–प्रसङ्ग ल्याउने
म झट्ट घुम्छु विश्वको पसारको असारमा
समर्थ छैन बुभ्mमा तथापि गर्छु साधना ।
छन्द ः शार्दूलविक्रीडित क्क्क् क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्ष्क् क्क्क्ष् क्क्क्ष् क् ८।१२मा विश्राम । १९ अक्षर ।
अंशत्व हो मानव
जो उच्चासनमा उही विगतको संस्कार होंच्याउँछ
लोकैको हित गर्छु मै नियमको सम्पाद्य छोट्याउँछ
सन्तोषी मनमा समेत जसले पीडत्व घोप्ट्याउँछ
जो आक्रान्त उही सदा विमल झैँ पुंसत्व देखाउँछ ।
सन्तापी मनको अतृप्त धनको भण्डार सम्याउँछ
पीडाको घर ढाल्छु यो समयको चासो छ, उल्ट्याउँछ
सारा बोल उठाउने प्रकृतिको आस्वाद भित्र्याउँछ
आएको नव धारणा निकटमै पुंसत्व पो आउँछ ।
सम्भर्ता पनि मै हुँ यो जगतको सद्ज्ञान भर्दै छु म
पूर्णानन्द सजाउने प्रकृतिको ठेक्का नि गर्दै छु म
यस्तै नै शुभ चिन्तकै बनिबनी गर्जी स्वयं हिंड्दछ
जो आक्रान्त उही उही निकट भै पुंसत्व पो ल्याउँछ ।
संस्कर्ता म हुँ देशको सकलको अग्लाइ मेरै यहाँ
सत्कर्ता पनि भिन्न छैन गतिलो चल्ने छ मेरै जहाँ
भन्दै हिंड्दछ साथमा प्रगतिको दुर्दान्त भाका भरी
सन्नाटा छरियो, नयाँ समझको देखिन्न है आखिरी ।
मान्छे बुभ्mन सक्यो यही जगतमा संशुद्ध निर्माण हो
मान्छेकै भरमा समस्त दुनिया सुद्ध्रिन्छ, नासिन्छ त्यो
शून्यै–शून्य हुँदैन, हुन्छ गतिको अङ्गी स्वयं बस्दछ
हो नै हो हर सृष्टिको शरणको अंशत्वमा चल्दछ ।
मिति २०६९ वैशाख ०४ गते सोमवार ।
ज्ञानले नै सुधारौँ
कतै आत्मको भाव बग्ने गरेको
कतै देख्दथेँ ज्ञानधारा बगेको
सपारेर मात्रै चले बन्छ शुभ्र
भनेको गरे मानिसै स्वच्छ–चन्द्र ।
छु मै आत्म–ज्ञानी भनी गर्व गर्ने
छ आप्mनै कुराको सहीछाप भर्ने
नसुन्ने कसैको सही नै स्वयंको
अरूको कहाँ हो स्वयं हो झुलेको ।
न ता भावनामा अडेको छ मान्छे
न ता अस्मितामा रहेको छ मान्छे
क्षुधा बुभ्mन सक्ने कहाँ भो र मान्छे
समाजै सुधार्ने गरे पो त मान्छे ।
गथासो छ धेरै गनी के सकिन्छ
छ बास्ना यसैको कहाँ हट्न दिन्छ
नगप्फा हटेको गफाडी छ मान्छे
गरीबी उचाल्ने भिखारी छ मान्छे ।
गरालो समाती गरेको छ काम
धरालो भएरै सरेको छ ठाम
लुकाइन्छ गाँठो सबै बुभ्mनुपर्छ
सबेरै–सबेरै व्यथा सुन्नुपर्छ ।
नयाँ ज्ञान भर्दै स्वयं कर्म सम्झी
गरौँ मान्यताको गरौँ काल सम्झी
छ यो पूर्णतामा रचेको बसेको
सुधारौँ, सपारौँ सखा भै रमेको ।
धनी–भीमकाया भएरै सकिन्छौँ
गरेनौँ भने त्याग आफै पुरिन्छौँ
यसै जिन्दगीमा नभै स्वच्छ सेवा
सकायौँ भने यो त्यसै स्वत्व जाला ।
यहाँ फैलिएको विकारी कुरा नै
पिराल्ने भएरै डढेलो समानै
कतै भावना स्वच्छ भै बेग्लिएन
कतै कर्ममा चित्त नै अग्लिएन ।
यहाँ के छ सम्पत्तिमा मोह गर्छौं
सबै नाश हुन्छन् यही सार बुभ्mछौँ
हिजो–आज देखौँ भविष्यै सँभालौँ
गरी देशसेवा समाजै सुधारौँ ।
छ मान्छे, छ चोला, म के बुभ्mनुपर्छ
सबैले यहीँ देह यो छाड्नुपर्छ
यही मार्ग हो चित्त लाएर सोचौँ
यही जिन्दगी ज्ञानले नै सुधारौँ ।
छन्द ः भुजङ्गप्रयात क्ष्क्क् क्ष्क्क् क्ष्क्क् क्ष्क्क् ६मा विश्राम । १२ अक्षर ।
कविता–सुधा
नत नभै कहाँ मिल्छ के सुधा ?
वितत ज्ञानको खुल्छ के प्रभा ?
परिधि साँगुरो गर्न हुन्न नै
प्रकृति पूर्ण छन् अन्त हुन्न नै । १ ।
‘म त सुमार्गमा चल्छु भन्दछन्’
सतत काममा विघ्न गर्दछन्
अब त कामको दीर्घ साधना
सकल पूर्ण छन् स्वस्थ भावमा । २ ।
सफल कामना सत्यमा रहे
नव नवीनता भित्र चम्किए
मन सुधारको मार्ग भेट्दथ्यौँ
समय चाहना पूर्ण गर्दथ्यौँ । ३ ।
प्रबल चाहना राख्नु एक हो
सबल दृश्यमा प्रष्ट हुन्छ त्यो
मत समूहको एक रूप भो
सम सुधारको दीप बल्न गो । ४ ।
हुन अनन्तमा भिन्न धारमा
सब विचारको शिष्ट सारमा
अनृत साथमा रम्न हुन्न रे !
तृषित राग यो सुन्न हुन्न रे ! ५ ।
समय आजको भोलि मिल्छ र !
सरस भावना लुप्त बन्छ र !
सुगम छन् सबै दृष्टि यो खुले
सकल स्वार्थ नै पूर्ण मेटिए । ६ ।
कति असाध्य छन् साधना गरी
कति त साध्यमा पुग्दछन् बढी
यस समाजको उच्चतातिर
अब सोच्नु नै पर्छ आखिर । ७ ।
इन्दिरा छन्द क्ष्क्ष्क्ष् क्क्ष्क् क्क्ष्क् क्ष् क्
मिति २०६९ मार्ग २८ गते विहीवार ।
छन्द ः गीतिका । प्रमदानन क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्क्ष् क्क्ष्क्ष् क्क्ष्क् क्ष्क्ष्क् क्ष् क् २० अक्षर ।
म पिऊँ कविता–सुधा
कति छन् यहाँ स्वन–भागमा कति छन् यहाँ धन–भागमा
कति छन् यहाँ जन–माझमा कति छन् यहाँ तन साथमा
जति भाग हुन्, जति राग हुन् त्यसभित्र नै शुभ–चाहना
मत साथमा, शिव साथमा, म चलूँ यहाँ बुध–साथमा ।
किन भागका सरणी भयौ यसमा छ के विपुला मन
पछि लाग्दछन् अबुझैसरी यसकै सदा रमिता धन
न छ पूर्णको, न छ क्यै प्रभा तममा छ है सुविधा तन
मत राख्नुमा विविधा नभै अब चल्नुमा दुविधा किन ।
मन शान्त खै सँगमा छ के, सँग जान्छ के रमिता सधै
गति छैन है मति छैन है समता दिने क्षमता त खै
विषयी बनी सब नास भो तन मानवी धन सार गो
अब के गरौँ सपनासरी मत सार्नुले गति हीन भो ।
रथोद्धता क्क्ष्क् क्ष्क्ष्क्ष् क्क्ष्क् क्ष् क् ११अक्षर ।
मस्त–मस्त अझ मस्त माधुरी
सूर्य–रश्मि ल हिमालमा परी
स्वर्ण झैँ चमक शोभनै छरी
मानुषी–हृदय यो खुला सरी ।
सुस्त–सुस्त ल दिगम्बरै खुले
स्वादिलो रस लिई सबै झुले
पूर्णता पनि यहीँ सुधारको
स्वर्णभा मन भएछ विचारको ।
दिक्क–दिक्क छ दिमाग बल्झिए
सुँक्क–सुँक्क छ पदार्थ सल्किए
पार छैन यसको कुरा गरी
मोहका पछि गए विषैसरी ।
इन्दिरा छन्द क्ष्क्ष्क्ष् क्क्ष्क् क्क्ष्क् क्ष् क्
भाव बुन्दछु
समय सृष्टिँदा दृष्टि सुन्दर
अभय भित्रिँदा छैन कातर
भुवनलोकमा बुद्धि खेपिँदा
सफल जीवनी बन्छ पूर्णदा । १ ।
समझ–माझमा खेल्न पाउँदा
मन फुरुङ्ग भै नाच्न धाउँछ
गत मदान्धता पूर्ण उम्कियो
गति अगाडि भो लक्ष्य चम्कियो । २ ।
सकल आत्तिने–मात्तिनेहरू
स्मित चलाइमा फर्किनेहरू
अब त ढुक्कको सास फेर्दछन्
कलम हात ली भाव बुन्दछन् । ३ ।
नयन चिम्लिँदा ढुक्क हुन्छ को
वचन चिप्लिँदा साथ हुन्छ को
गरिब चित्त हो भन्न सक्छ को
सब बिगारको साथ दिन्छ को । ४ ।
समय–रागमा साम–भावमा
कति भए यहाँ काम साधना
गलित रागले काम बन्छ र
मनुज देह यो चल्न सक्छ र । ५ ।
विगतका सुधा आत्मसात् गरौँ
ग्रहण ती गरी लोकमा छरौँ
अधिक अन्धता अट्न सक्छ र
तम हटाउने कामना गरौँ । ६ ।
मिति २०६८ मार्ग ४ मङ्गलवार
सृष्टिन्छ नव सिर्जना
शिवको वागको राग नेपालभित्र चम्किँदा
समाज देश यो विश्वभित्र नै प्रेम घोलिँदा ।
लोकको लय बर्सिन्छ कस्तुरी राग जाग्दछ
शृङ्गारी–तत्व पाएको मोहनीरूप लाग्दछ ।
प्रकृतिले सजाएको मेरो नेपाल छ सुन्दर
भावनाले पुकारे झैँ पुरा पूरा छ सागर
गुलाबीपन झैँ लाग्ने सँस्कृति पत्रसूत्रमा
माला झैँ उनिएको छ चल्दछ एकछत्रमा ।
उत्तरी भेग आफैले स्वर्णिमरूप फेर्दछ
साँझ–बिहान–मध्याह्न भिन्नाभिन्न स्वरूप छ ।
तिलिचो ताल रारा र फेवाको दिव्यरूप छ
माछापुच्छ«े स्वयं हेर्छ सौन्दर्य छलबल्ल छ ।
वाल्मीकि व्यासका गाथा आदर्शका कुराहरू
व्यावहारिक आलोक छर्दिन्छन् मूल्यताहरू ।
जनक, जानकी, बुद्ध, भृकुटीका कथा जहाँ
संस्कृतिभित्र राखेर गाइन्छन् जीवनी यहाँ ।
लालीगुराँसले ढाक्दा डाँफे, मुनाल भेटिँदा
प्रफुल्ल मन यो हुन्छ ताण्डवी नृत्य पाइँदा ।
के छैन र यहाँ देन प्रकृतिको सुधारस
घुमी हेर त संसार नेपाल हो मीठो रस ।
यही संसार हो मेरो सबैको सारतत्व हो
अनेक पूmलको माली बनेको यो यथार्थ हो ।
आप्mनै संस्कृतिमा रम्छु आप्mनै धरा सजाउँछु
विविधाकृतिमा रम्छु प्रेमभाव जगाउँछु ।
चम्किन्छन् वीरका गाथा लम्किन्छन् पूर्णतातिर
यहाँ नै सब पाइन्छन्, भावना हाँस्छ आखिर ।
भावनामा सजाएको धूनमा जून भेट्दछु
माधुरी धनको सार पाएरै रम्न खोज्दछु ।
अनेकौँ दिव्यता देखी मन यो हुन्छ चञ्चल
त्यसैमा डुब्न खोजेको माझी हुँ छैन अन्तर ।
कला–कौशलको धर्ती नयाँ–नयाँ छ साधना
यसैको काख पाएर सृष्टिन्छ नव सिर्जना ।
भोग मान्छे कमायो
मेचीकाली रजत सम उँचा उत्तरी–धार चुम्दै
घुम्थे यात्री सकल शिखरमा पूर्ण आकार छाम्दै
यस्तो मेरो भुवन छ सबको आशको राश ल्यायौँ
के भो खै यो अब किन रसिलो छैन के यो सजायौँ । १ ।
बग्छन् त्यस्तै अविरल जलका स्वच्छ धारा सजाई
सर्पाकारै गिरिवर सुकिला धार खेल्दै रमाई
खोल्सा–खोल्सी वनचउर सबै टापुका टापु रम्दै
खेल्थ्यौँ, खान्थ्यौँ वन–फल रसिला गुप्त ओडार हेर्दै । २ ।
नेपाली यो मनबिच सबको स्वच्छतामा रमेको
धन्या धर्ती सुकृत कृत भई पूर्णतामा जमेको
हाम्रा पुर्खा बुधजनसँगमा पूर्णिमा देख्न भ्याए
हाँसी–खेली जन–मन–धन भै पूर्णतामै बिताए । ३ ।
सारा राम्रा गति–चलन भनी साथमा राख्छ मान्छे
आप्mनै हुन् यी सबल प्रियकथा चित्तमा राख्छ मान्छे
स्वार्थी भै त्यो सरल हृदयमा ठोक्न थाल्यो किला यो
राम्रो भन्दै विविध प्रकृतिमा भोग मान्छे कमायो । ४ ।
चित्रलेखा छन्द म ककक भ कष्ष् न ष्ष्ष् य ष्कक य ष्कक य ष्कक
भौतिकी रूप ल्यायौँ
खोज्छौँ हामी दिन दिन सुखको निम्तिमा कार्य गर्न
आफै गुम्ने डर पनि अति भो खोज्न थाल्यौँ नि मर्म
भेटाएनौँ तर जति वयको साथमा नै रमायौँ
कस्तो कस्तो समय गति भयो भौतिकी रूप ल्यायौँ । १ ।
कस्ता राम्रा गति सुमति मिले साथ राख्नै सकेनौँ
कस्ता राम्रा अवसर त गुमे व्यर्थ आफै गुमायौँ
खै के पायौँ अबुझ मन छ यो देशको निम्ति के भो
भन्नै सक्ने स्थिति पनि त गयो भौतिकी रूप ल्यायौँ । २ ।
आयौँ हामी समय गतिसँगै उर्वराशक्ति चुन्दै
रम्छौँ, बढ्छौँ समय गतिसँगै भावना तीव्र पार्दै
जान्छौँ हामी समय गतिसँगै के छ खै के सजायौँ
जो जो जे जे गति–सुगतिसँगै भौतिकी रूप ल्यायौँ । ३ ।
आफै केही तन–मन–धनले गर्छु भन्दै हिंडेको
देख्छौँ हामी जन–वचन सुधा व्यर्थमा नै गुमेको
जे बोल्यो त्यो सकल सुजनको पूर्णता छैन भन्छौँ
धर्ती आप्mनै समय छ गतिलो भौतिकी रूप ल्यायौँ । ४ ।
नेपालीको गिरि शिखर हिमाच्छादिता शुभ्र धर्ती
रम्दै बग्छन् सकल नद–नदी स्वच्छ धारा हितैषी
पुर्खा नाच्ने बुधजनसँग ली चल्छ भन्दै रमायौँ
हाँसी–खेली दिन त बितिदिने भौतिकी रूप ल्यायौँ । ५ ।
सारा–सारा गति–प्रगति सबै साथमा राख्छ मान्छे
आप्mनै भित्री प्रणय हृदयमा, माथमा राख्छ मान्छे
जे छन् जो छन् विविध प्रकृतिमा मानवी ताल ल्यायौँ
स्वार्थी भै त्यो हर विषय कला भौतिकी रूप ल्यायौँ । ६ ।
मेचीकाली रजत सम उँचा पर्वताधार चुम्दै
यात्री घुम्छन् सकल गिरि उँचा पूर्ण आकाश छाम्दै
यस्तो मेरो भुवन छ सबको आशको राश ल्यायौँ
के भो खै यो अब किन रसिलो छैन के यो सजायौँ । ७ ।
वसन्ततिलका छन्द क्क्क्ष् क्क्ष्क्ष् क्ष्क्क्ष् क्ष्क्क्ष् क्क्
गरिमा बढाऊँ
साँचो कुरा गरिबको पनि सुन्नुपर्छ
मान्छे समाज अनि देश अगाडि बढ्छ
धारा यहाँ कति छुटे मन माफिकैका
बुभ्mदैन किन्तु सबको हित सोंच्नुपर्छ । १ ।
नेता भएर घरको यदि हुन्न ज्ञान
जेता भएर धनको पनि हुन्न त्राण
त्यस्तो समाज नरको गतिहीन हुन्छ
मान्छे भए तर भएन समान ध्यान । २ ।
तत्कालको सब कुरा असलै छ भन्दा
संस्कारको गति गयो त्यसमा विचार्दा
बिग्रन्छ है जन–सुधार कहाँ भयो र !
सोंचाइको फरकले सब काम गर्दा । ३ ।
स्वार्थी भएर जनको मन दुख्न थाल्यो
बेकाममा मसँग लौ धरणी उचाल्यो
तिम्रा समृद्ध गहना जनता त नै हुन्
भन्दा त मित्र अहिले पर सर्न थाल्यो । ४ ।
स्वार्थान्धमै रत भए जन बीच पर्छन्
त्यागी भयौ यदि भने सब प्रेम गर्छन्
विज्ञान–ज्ञान–विजयामृत भावनाले
संसार नै वश गरी भव यो सुधार्छन् । ५ ।
मान्छे बनौं सुकृति ली गतिमान् भएर
हिंसा यहाँ अब छुटोस् मतिमान् भएर
संस्कार होइन सखे ! अब सोंच्नुपर्छ
दृष्ट्याइँका गति सबै अब रोक्नुपर्छ । ६ ।
राम्रा कुरा अब गरौं त्यसमा छ प्राण
सोंच्ने गरे पनि यहाँ सब मिल्छ शान
धेरै भए सम कुरा कुन मार्ग जाने
मानौं भनाइ सबको अनि हुन्छ मान । ७ ।
आनन्द चाह सबको अनि धीरता हो
ज्ञानी समृद्ध जनता हुनु वीरता हो
केको यहाँ खिचिखिचाउ सबै हटाऊँ
सेवा गरी सुरभिको गरिमा बढाऊँ । ८ ।
मिति ः २०६७। ९ । १९ सोमवार ।
शार्दूलविक्रीडित छन्द क्क्क् क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्ष्क् क्क्क्ष् क्क्क्ष् क्
सौन्दर्य दिन्छु नयाँ
स्रष्ट्राको नव सिर्जना हरघडी चाहन्छ उद्यान यो
अर्थै व्यर्थ नहोस् भनी पलपलै सत्कार्य गर्ने थलो
अन्यायीसँग लडदछु सुजनको इच्छा –सुधा भर्दछु
प्रज्ञाचक्षु खुलाउँदै सुमनमा आपत्सँगै लड्दछु । १ ।
कर्ता हो सबको अदृश्य मनको सद्भावना वन्दित
छायाँ हो वटवृक्ष झैँ प्रकिृतिमा योगीसरी चिन्तित
स्रष्टाको सँगमा स्वयं खुसी हुने यात्रीहरुको भर
कल्याणी ममता सुयोग्य समता भर्दिन्छ यही घर । २ ।
संस्था पूर्ण सधैँ रहन्छ जनको आस्था र विश्वासमा
मान्छे पूर्ण हुने सुकार्य गतिमा देखिन्छ सत्कारमा
हिंसा –द्वन्द्व रहे विकासपथमा के अग्रता मिल्छ र !
भाषा –संस्कृतिको सुधा विपिनमा रम्ने भए सुन्दर । ३ ।
मेरा यी नव शब्दले प्रकृतिका सम्पूर्ण आभा भरी
ज्योति पूर्ण सभा सुदीर्घ मनमा आनन्द वर्षा गरी
अर्थानन्द गराउने जीवनमा भर्नेछ सद्धारणा
भन्दै यो नवधा विधा हृदयमा सौन्दर्य दिन्छु नयाँ । ४ ।
चित्रलेखा छन्द क्क्क् क्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष्क्क् क्ष्क्क् क्ष्क्क्
सृष्टिमा धन्य देश
हिजो
धेरैथोरै झलमल सब थ्यो राष्ट्रको कल्पनामा
रम्दै हिंड्थे निशिदिन सब नै प्रेमको सत्सभामा
लुट्ने, चोर्ने वरपर कम थ्यो पुण्यको भावना थ्यो
सेवा गर्ने नरहित महिमा जान्दथे, सुप्रभा थ्यो । १ ।
मायाको त्यो अमृतफलसरी सर्वदा देख्न मिल्थ्यो
आस्था मिल्थ्यो घरपर सबको ज्ञानको भावना थ्यो
टालो लाए पनि मन सुकिलो भिन्नता खै कता थ्यो
डाँडा–काँडा शिवमय कृति यो सृष्टिमा धन्य नै थ्यो । २ ।
हामी रम्थ्यौँ हरितवनभरी सम्झँदा स्वर्ग नै हो
सायंप्रातः वरपर वनमा त्रासले मुक्त नै थ्यो
निद्र्वन्द्वी भै जन चलिरहँदा व्यासको सोच मिल्थ्यो
स्वच्छन्दीमै समयगति थियो व्यापकी रूप खुल्थ्यो । ३ ।
माछापुच्छ«े गिरि शिखर तलै काखमा रम्छ फेवा
फेवाभित्रै वितत चहकिलो जीवनी दिन्छ सेवा
रारा त्यस्तै छ प्रकृतिभरमा देशको शानमान
धन्या धर्ती नव सुख गरिमा भर्दछिन् दिव्यगान । ४ ।
नेपालीको हृदय छ कमलो स्वाभिमानी स्वभाव
श्रद्धा बाँड्ने प्रतिपल पल थ्यो दूरगामी प्रभाव
ठाउँ राम्रो हर दिलकुसुमा खोज्दछिन् मार्ग पाको
सेवा छर्ने मितसित गरिमा बढ्न गै त्यो सुहाको । ५ ।
संस्कारैमा गति सब जनको भावना हुन्छ भातृ
बास्ना छर्दा मन हरहर भो भन्दछन् मित्र यात्री
नाना साना गति त प्रगतिको देशका रम्य ठाउँ
घुम्छन्, हेर्छन् प्रकृति सुरभिमा प्रेमको सभ्य गाउँ । ६ ।
आज
सद्भावैको अब फल छ कहाँ खोज्नुपर्ने भएछ
ज्ञानी–मानी वरपर सबले भेट्न खाँचो परेछ
झुत्रो–झाम्रो पहिरन पनि लाजमा फर्किएछ
यस्तो आडम्बर घरघर भो शुद्ध यामै गएछ । ७ ।
खेल्ने, रम्ने वन–चउर सबै त्रासले युक्त भैगो
मान्छे, मान्छे हर बखत उही द्वन्द्वको रागमा गो
के भन्दा यो सरल प्रकृतिको भावनामा अटिन्छ
त्यस्तै स्वार्थीपन भइरहँदा साधना तोडिइन्छ । ८ ।
के भो खै त्यो सब तम, भ्रमले ठाउँ आप्mनो लिएको
देख्दा यस्तो मन–तन मलले युक्त भै बिर्सिएको
कर्ता सस्तो पर छवि रहँदा राष्ट्र नै धर्मरायो
सम्झेँ पैलो विकसित रचना धारणा–धर्म भाको । ९ ।
शार्दूलविक्रीडित छन्द क्क्क् क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्ष्क् क्क्क्ष् क्क्क्ष् क्
प्यारो छ नेपाल यो
संसारी सुख खोज्दछौँ दिनदिनै आत्मीयता खोज्दछौँ
मान्छेकै मनभित्रकी कुसुमिता नेपाल नै खोज्दछौँ
आप्mनै पौरखमा सजाउन सकौँ भेटिन्छ, भेटिन्छ त्यो
भित्रै हुन्छ, रहन्छ है नव सुधा प्यारो छ नेपाल यो ।
चाहन्छन् सब नै सुखैसँग बसूँ, आप्mनै धरामा बसूँ
स्वार्थी तत्व भए सतर्क मन ली फाल्ने गरी नै बसूँ
आफै सुन्दर देशको हिमचुली संसारको सार हो
संस्कारी गुणको प्रभा छरिरहूँ प्यारो छ नेपाल यो ।
वर्षौंवर्ष बिते सदा दिनहरू आप्mनै बितेछन् यहाँ
आशा त्यो नव भावना प्रकृतिमा सौन्दर्यकै साधना
भोग्ने के, कति खै समस्त दुनियाँ राम्रो नराम्रो छ जो
बाधा–विघ्न हटाउने प्रण गरौँ प्यारो छ नेपाल यो ।
स्रष्टाको नव सिर्जना नव–सुधा बर्सिन्छ आशा गरौँ
सत्कर्मी समभावमा सुमतिको बुद्धत्व भाका भरौँ
एकै छौँ नव–शक्ति ली सब हिडौँ आनन्ददायी छ यो
अन्यायी व्यवहार फाल्नु छ यहाँ प्यारो छ नेपाल यो ।
यस्तो कर्म गरौँ सदा मनुजको कल्याणकारी रहोस्
यौटा सुन्दर भावना सुजनता पूर्णत्वकै रास होस्
एकै भाव र रूपमा सब जना बाँच्ने यही धाम हो
धेरै नै किन चाहियो जगतमा प्यारो छ नेपाल यो ।
श्रद्धा हरायौ कता रु
आफ्नै भू(स्थलमा तिमी हृदयकी कान्ता बनी आउँथ्यौ
पूर्वी घाम उदाउँदा झिलीमिली ज्योत्स्ना बनी छाउँथ्यौ
तिम्रो त्यो सुकुमार सुन्दर छटा हर्दा भयो शून्यता
धेरै व्यग्र भयौँ यहाँ प्रियतमे १ श्रद्धा हरायौ कता रु । १ ।
ज्ञानी मानवका सुकर्म पथका दृष्टान्त दिन्थ्यौं जहाँ
के खोला, पहरा, सुशान्त वनमा निर्धक्क हिंड्थ्यौँ यहाँ
एक्लोझैँ किन हो समस्त दुनियाँ सर्वत्र नै रिक्तता
पाइन्थ्यो नव ज्ञान खै प्रियतमे १ श्रद्धा हरायौ कता रु । २ ।
जो संवेदनशीलता हृदयमा उर्लेर आयो यहाँ
आफ्नो गौरव राख्नमा कुसुमिता धर्ती रहन्थिन् जहाँ
खै त्यो दिव्यसुधा कता विथलियो भित्रिन्छ सङ्कीर्णता
छाती जीर्ण(विदीर्ण भो प्रियतमे १ श्रद्धा हरायौ कता रु । ३ ।
दोषी भै किन बाँच्नु के भन सखे १ अस्तित्व नै उम्कियो
तत्वर्थी पनि छैन यो धरतिमा भन्ने कथा लेखियो
चित्ताकर्षक लाग्दथे हिमशिला बोल्थे सुनौला कथा
यस्तो सुन्दरता कहाँ प्रियतमे १ श्रद्धा हरायौ कता रु । ४ ।
दम्भीले जब छर्छ यो प्रकृतिमा हुङ्कारको बीज नै
सारा संस्कृति नै हराउँछ यहाँ सत्कर्मको मर्म नै
ती योगी, मुनिका सुधाककमृत कुरा देखिन्न खै गो कता
भन्ने लाग्छ सधै सधै प्रियतमे १ श्रद्धा हरायौ कता रु । ५ ।
यो दिव्यासन हल्लियो सुजनको बुद्धत्व नै चर्कियो
गौरीको सुकुमार स्वर्णिम कला, चार्वाकमा फर्कियो
संसारी धन यो सुरम्य मन यो आनन्दको पूर्णता
त्यागी खै अब खोज्नु के प्रियतमे १ श्रद्धा हरायौ कता रु । ६ ।
कोही दीन छ, कान्ति कौशल सुधा खुट्याउने खै कता
आफ्नै पौरखमा सदैव रहने हुन्छन् सधै बेपता
स्वार्थीको वश चल्छ नै यदि भने नासिन्छ है सभ्यता
आशादीप छ धिप्धिपी प्रियतमे १ श्रद्धा हरायौ कता रु । ७ ।
प्रज्ञाचक्षु खुलाउने दृढ हुने मान्छे सदा निश्चल
दैवीशक्ति रहे सदा हृदयमा गङ्गासरी निर्मल
भन्छन् शास्त्रहरू सुमार्गतिरको बाटो समाऊ कता रु
निस्तब्धै भव भो यहाँ प्रियतमे १ श्रद्धा हरायौ कता रु । ८ ।
आस्थाको अब ज्योति बाल्नु छ यहाँ च्यातूँ महाजाल यो
डो¥याई कति टिक्छ खै सकलको आफै खुलाइन्छ त्यो
अन्तर्दीप्त प्रकाशमा हरघडी देखिन्छ नै पूर्णता
भन्ने भावुक खै यहाँ प्रियतमे १ श्रद्धा हरायौ कता रु । ९ ।
वाणी सुन्दर भो सुकर्मतिरको बाटो खुला सुन्दर
स्वातन्त्री मनमा निरोग धनमा चाहिन्छ के गर्व र १
जस्ले यो समभावना जगतमा भित्र्याउँदै दिव्यता
बाँची, बाँच्न सिकाउँछन् प्रियतमे १ श्रद्धा हरायौ कता रु ।१०।
नारी–जागरण
हे नारी उठ, जाग लौ सुगमता भर्ने गरी भूमिमा
भन्दै लाग्नुहुने सुकर्मतिरको बाटो लिने सन्तमा
शिक्षा जागृतिको सुधार महिमा राख्ने महा–मानव
शिक्षामन्दिरमा सदैव ममता रहन्छ है रक्षक ! १ ।
वाणी सुन्दर होस्, सुरम्य गति होस्, मुस्कान साथै रहोस्
विज्ञानी दिलले सुकार्य गतिमा सन्तोष पूर्णै रहोस्
भन्दै लाग्नुहुने अतीतसँगमा खेल्ने महा–मानव
देवैतुल्य भई रही सकलका हृद्केन्द्रका रक्षक ! । २ ।
हाम्रो भाव बुझी, दिएर ममता विद्वान्हरू पाल्नुभो
आफ्नो कर्म गरी सदा सुजनको सद्भावना पूर्ण भो
भावी सन्ततिको सुमार्गतिरको नौलोपना कोरियो
शिक्षामन्दिरको प्रभाव, गरिमा सर्वत्र बढ्दै गयो । ३ ।
विद्यार्थी यस देशका मुटु बनी पूर्णत्वमा भेटिने
वासन्तीपन भित्रिंदै सुगमता प्रष्ट्याउँदै लम्किने
दिव्यालोक समाउने सुकृतिको बाटो दिने हुन् यिनी
स्रष्टाले जुन सिर्जियो प्रकृतिकै शिक्षा दिने हुन् यिनी । ४ ।
सानो यो नवजात छैन अब यो पूर्णत्वमा लम्कियो
बास्ना चल्दछ गाउँगाउँ नगरी आफ्नैपना सिर्जियो
यस्तो होस् शुभ–वर्षको सुदिनमा रम्छौँ यहाँ निश्छल
होओस् यो अति शान्त, शुभ्र छविको निर्माण होस् निर्मल । ५ ।
संस्कार भो जर्जर
यौटा जीवन बित्छ दिव्य ममता भर्दै यही भूमिमा
यौटा जीवन बित्छ सुन्दर छटा देख्दै नदेखी यहाँ
तृष्णाको भ्रमजालमा रुमलिई बल्झिन्छ रोगी बनी
केको निम्ति छ यो सधैं विषमता भित्रिन्छ हेरौँ गुनी । १ ।
स्रष्टाको उपहार हो भुवन यो संवेदनाको घर
आफ्नै संस्कृति मेट्न भो किन यहाँ मान्छे सधै तत्पर
कोरा कागजझैँ भयो हृदय यो लेख्ने कुरा सिद्धियो
सेवाभाव सुत्यो, गुम्यो सहजता हिंसा यहाँ भित्रियो । २ ।
संस्कारी जनभावना, कुसुमिता स्थायित्व यो नै थियो
नेपाली सबमा सुयोग्य धन त्यो भर्ने थलो नै थियो
संसारी रङमा भुलेर दुनियाँ सङ्घर्षमा उत्रियो
स्वार्थीतत्व घुसी सुकार्य हुनमा बाधा परी लत्रियो । ३ ।
काला वादलका छटा गगनका विक्षिप्त स्रष्टा धन
वर्षाको शुरुमा सबै नदनदी बगेसरी भो मन
तिम्रो दिव्य मुहारको झलमली सौन्दर्यको चेतना
बढ्दै जान्छ भने म हुन्छु सरिता बोक्नेछु है वेदना । ४ ।
आफै दिव्य अनेक नेकसँगमा राख्ने धरा हुन् यिनी
स्रष्टाले जुन सिर्जियो प्रकृतिमा थाम्ने धरा हुन् यिनी
अज्ञानी दिल त्यो हठी बनी यहाँ उन्मत्तता कुर्लियो
अन्धो भक्त भई गयो सुजनता आफ्नोपना रित्तियो । ५ ।
वासन्तीपन खै सुवासित हुने उद्यानको स्पर्श खै
द्यौराली, नगमा हुने सुगमता, झर्ना छ झङ्कार खै
आर्यैको बहुमूल्य रत्नसरि त्यो संस्कार खै गो कता
अन्धो नक्कलमै सबै परिगए आफ्नोपना खै कता । ६ ।
के के वाद उठे उठे धरतिमा सङ्घर्षकै वाद ती
आफ्नै पौरख देख्छ मानिस सधै धेरै ग¥यौ है खति
दुष्कर्मी छलछाममा दिनदिनै आफै छ आतङ्कित
बाँच्ने आश गुम्यो यहाँ दिनदिनै आफै भयो शङ्कित । ७ ।
सेवा भाव जगाउने प्रकृतिले भित्र्याउने हुन् कला
आत्माको समभावना धमिलियो संस्कार खै गो कता
लक्ष्मी, हैमवती, शिवा सुमनमा मुस्काउने हुन् धरा
आर्यानार्य बनाउने विकृतिमा गुमे सबैका कुरा । ८ ।
यस्तो दिव्य अनन्त शक्ति महिमा जान्दै नजानी छली
मान्छे घुम्दछ भूमिमा विकृतिले आच्छाद्य मस्तिष्क ली
आफ्नै सुन्दर भूमि हो जीवन यो पारौँ अझै सुन्दर
श्रद्धाभाव जगाउँदै अघि बढौँ संस्कार भो जर्जर । ९ ।
कवितामा रमाउँछु
मनो विनोदका भाव काव्यधारा छ निर्मल
कसैका मनमा खेद लेस छैन छ उज्ज्वल । १ ।
परिवेश त ठूलो हो जीवनीको सुधारमा
प्रकृति कमलो हुन्छ सबको नै विचारमा । २ ।
गद्यपद्य दुवै साथ चल्दछन् यी विचारमा
संवेदना छ भित्रिन्छे कविता ज्ञानधारमा । ३ ।
कविताले छुँदा ठूला पग्लिन्छन् हिमटाकुरा
निर्मल तन बन्दिन्छ, हाँस्छिन् है स्वर्णभा धरा । ४ ।
गर्नुपर्ने सबै काम गर्नुपर्छ समाजमा
रोकिनुहुन्न जान्नेको गति, मति, सुभावना । ५ ।
सृष्टिको चाल हेरौं त कतै दुःख कतै सुख
चालमा ख्याल गर्दा नै देख्छु म कविता सुख । ६ ।
कर्मको चालमा हुन्छ परिवर्तन नूतन
गरिन्छ, अनि चालिन्छ, भेटिन्छ सूक्ष्म दर्शन । ७ ।
विविधा शक्तिकै भित्र समष्टि धार बन्दछ
अन्तर्हृदयमा खुल्छ भित्री सुन्दरता सब । ८ ।
खोलेमा दृष्टि आकार बाह्य सृष्टि उदाउँछ
आँखा चिम्लेर सोंचेमा कविता नै रसाउँछ । ९ ।
स्वार्थमा लिप्त भो मान्छे त्यसैमा मन भाग्दछ
सुख आधार खोजिन्छ खहरे झैँ छ बग्दछ । १० ।
नाट्यशाला छ यो सारा संसार पूर्ण साधन
ज्ञानविज्ञानको धार मिले नै खुल्छ यो मन । ११ ।
हुनुपर्ने कुरा हुन्छ, प्रकृति गति के छ त ?
प्रगति गतिमै चल्छ, त्यो कतै छैन धर्मर । १२ ।
अति सुन्दर यो सार तत्वज्ञ कवि बुभ्mदछन्
शब्दअक्षर पोखेर कवितामा रमाउँछु । १३ ।
शार्दूलविक्रीडित छन्द क्क्क् क्ष्क्ष्क् क्ष्क्क्ष् क्ष्क्ष्क् क्क्क्ष् क्क्क्ष् क्
महा मानव
लक्ष्मी, हैमवती, शिवा सुमनमा मुस्काउने हुन् कला
आर्यानार्य बनाउने प्रकृतिमा बित्छन् सबैका पला
सेवा भाव जगाउने भुवनमा हुन्छन् महामानव
भाषासंस्कृतिको विकास पथमा लाग्ने महान् साधक । १ ।
सारा मानवको दुखाइ मनको मेट्ने गरी आउँछन्
आत्माको समभाव लीे प्रकृतिमा रम्ने बनी आउँन्
भित्री त्यो क्षमता सुकार्यतिर नै गम्ने महा मानव
भाषासंस्कृतिको विकास पथमा लाग्ने महान् साधक । २ ।
आद्या शक्तिबिना समस्त दुनियाँ को जान्न सक्नेछ र रु
पूर्णाभ्यासी नभै यहाँ सुगमता के भेट्न पाइन्छ र रु
वाणी सुन्दर भो प्रकाशमय भो सारा भयो निर्मल
भाषासंस्कृतिको विकास पथमा लाग्ने महान् साधक । ३ ।
कर्मैको सब खेल हो भुवनमा सत्कर्ममा लाग्नु नै
कल्पौंकल्प छ वासना सुकृतिको सद्धर्मको मार्ग नै
भन्दै मानवमा सुमार्गतिरको बाटो लिने मानव
भाषासंस्कृतिको विकास पथमा लाग्ने महान् साधक । ४ ।
नेपाली मनका सुकर्म गतिका साहित्यका साधक
राम्रो काम गरी यसै धरतिमा तारा बन्यौं उज्ज्वल
तिम्रै नाम लिंदा खुसी मन हुने उर्जा दिने मानव
भाषासंस्कृतिको विकास पथमा लाग्ने महान् साधक । ५ ।
स्रष्टा हुन्छ समाजको सुमनको उन्मुक्त सौन्दर्यको
सृष्टिन्छन् नव सिर्जना प्रकृतिको बर्सिन्छ आनन्द त्यो
आस्थाभित्र रहे त्यही सुकृति नै जन्माउने रक्षक
भाषासंस्कृतिको विकासपथमा लाग्ने महान् साधक । ६ ।
उद्देश्य खै गो कता
आफै हो सब थोक यो प्रकृतिमा अर्को यहाँ के छ र १
स्वर्गै हो सब थोकमा प्रकृतिको नेपाल पुण्यस्थल
झुल्के घामसँगै सबै दिनहरू रम्ने कथा छन् जहाँ
स्वर्गैतुल्य सुहाउने प्रकृति यो जाऊँ कता खै कहाँ । १ ।
पूर्णाध्ययन नै सदा हुन गए साम्यत्व पाइन्छ नै
सारा तत्व खुली प्रकाशमयता पाइन्छ आनन्दमै
मेरो यो पथ रम्य होस्, सुगम होस् भन्दै सदा निश्चल
कर्मैको फल मिल्छ रे प्रकृतिमा भन्छन् सबै साधक । २ ।
एकै हो सब थोक व्यापक यहाँ छुट्टै यहाँ के छ र
भन्दैमा न छ पूर्णता भुवनमा जाने सँगै को छ र
जन्मिन्छन् सब मर्दछन् तर पनि भित्री उज्यालो भर
के मासिन्छ तथापि यो प्रकृतिमा अस्तित्व गुम्ने डर । ३ ।
त्यो आभा दिलमा न हुन्छ जनमा प्राप्ति कहाँ भन्नु खै
केको लागि यहाँ रुवाउँछ सदा शान्ति कहाँ भन्नु खै
चोला यो सबमा अपूर्व क्षमता राख्ने भई बेपता
मान्छे भै जब शून्यमा बितिगए उद्देश्य खै गो कता । ४ ।
इन्द्रबज्रा छन्द क्क्क्ष् क्क्क्ष् क्ष्क्क्ष् क्क्ष्
कृति माधुर्य
स्रष्टा सदा बोल्दछ सृष्टि सार
संसृष्टिको यो गरिमा अपार
संसार सारा गतिकै छ अर्थ
हुन्छन् सबै रत्न मिले कृतार्थ । १ ।
यो दिव्यताको रसमाधुरी हो
सौन्दर्य भर्ने नव मञ्जरी हो
धर्ती फुलेको अतिसूक्ष्मतामा
भेटिन्छ भित्रीतह पूर्णतामा । २ ।
आनन्दमा नन्दन भित्रिएको
साक्षात् उसैको समचातुरी हो
प्रत्येक सौन्दर्य लिई सजेको
धर्ती सबैको मनमा बसेको । ३ ।
जीवन्त पूर्वाभिमुखी बनेर
गन्तव्य बन्ने कृतिमा उनेर
मानी सुनामी मुटुभित्र हुन्छ
सौन्दर्य छर्ने नव पात्र बन्छ । ४ ।
राम्रो छ आफ्नै घर–आँगनै यो
सत्कार्यको दिव्यसुधा सुमार्गको
विद्वान्हरूमा विदुषीहरूमा
झर्नासरी बग्दछ पूर्णतामा । ५ ।
आदर्शको दृष्टि लिएर आए
सत्पात्रले नै धरणी सजाए
यो विश्व मायाप्रति आत्मराग
हट्नेछ भन्ने गतिमा रमाए । ६ ।
शृङ्गार होस् वा नवरत्न केही
सम्पूर्ण आत्मा मनमा सजेकी
आँखाबिनाको अलपत्र देह
सौन्दर्य भर्दै जगमा रमेकी । ७ ।
हेरौं हिमाली धरणी खुलेको
त्यो उच्च आदर्श लिई झुलेको
डाँफे रमेको छ स्वयं झुमेको
देखिन्छ मेरै मनमा घुमेको । ८ ।
सम्झेर चित्राङ्कित भै रमेका
आनन्द नन्दाकृति भै रचेका
बुन्छन् नयाँ आकृति यी गरामा
छोइन्छ काव्यामृत यो धरामा । ९ ।
माधुर्य भर्ने कृतिमा सजाई
रम्ने सदा नै मुटुकै रजाइँ
आडम्बरी हुन्न सबै सुस्वस्थ
स्वतन्त्र बग्ने परिपूर्ण हुन्छ । १० ।
वात्सल्यको भावसरी छ सत्य
कूटादिको लेश हुँदैन तथ्य
भेटिन्छ त्यस्तै बहुरङ्ग, स्रष्टा
देखिन्छ त्यस्तै बहुधा सुद्रष्टा । ११ ।
आडम्बरी खोल त्यहाँ हुँदैन
तत्काल हेर्ने क्षणदृष्टि छैन
आकाशजस्तै विपुला छ दृष्टि
अट्ने सबै हुन् मनबीच सृष्टि । १२ ।
यो जिन्दगी हो नवनीतजस्तै
छोए त्यसै बग्दछ सार त्यस्तै
एकत्वमा रम्न सके छ ज्ञान
आफ्नै छ त्यस्तै परिधान शान । १३ ।
तिम्रै छ शोभा भव मुस्कुराए
सम्पूर्ण आभा कृतिमा रसाए
श्रद्घा छ यस्तो कविता रचेर
पूर्णत्वमा मिल्दछ नै गमेर । १४ ।
सौन्दर्यको खोज गरी रमाएँ
आफ्नै कुरामा धरणी सजाएँ
सम्पूर्णको यो शिर रच्न सक्ने
यो अग्रगामी हुन को छ रोक्ने । १५ ।
साम्राज्य देख्छु यसकै धरामा
पूर्णत्व मिल्ने यसकै कुरामा
त्यो ज्ञानधारा सरितासरी छ
विज्ञानभन्दा अझ पूर्णता छ । १६ ।
पोखरा
जलकण–सर–सरसि–कथित–सुललित–वदन छ
दृश्य धरा बीच कथा आस्वाद्य सुधार
खलबल–खलबल छुन–मुनसरि करम शरण
ली व्यवहारी पनि आनन्दीपन सार ।
छम–छम–लम–लम–चरण सतह चल–अचल छ
उड्छ चराधाम छ सेवामा सब व्यस्त
जन–मन–तन भरण सुरभि तल छ तरल तर
आतुर हेर्छौं जल फेवामा मद मस्त । १ ।
प्रकृति–चरम–सुख–हरित–मृदुल–कुसुम–धवल
कान्ति सदा विस्मय धर्ती उर्वर धार
गगन तल हिम–मुकुट धृत सुछवि शुभ–
कान्ति विनत शोभा उज्ज्वल सार ।
सर–सर, कल–कल फनन पवन सुविचल सर
सुन्दर योगीसरि ब्रह्मानन्द समान
तल–तल कृषिधन अझ तल सबल छ शहर त
भाषित सर्वाङ्ग दिनैको यज्ञ–विधान । २ ।
अविरल–जल–थल सजक रविदल दिन–रजनि
सुस्मित संस्कार छ गम्नै लायक मञ्च
सुगम धन भुवनभर रमण अगलित प्रकृति
शाश्वत आकार दिएकी वाञ्छित धन्य ।
हर–हर मन सुफल विधि–विधान–नियम–कृत छ
आश्रय तत्वान्वयमा मुक्तालय सार
विटप–वन–भ्रमण सुजन–जन सकल सुध–धन
आ–गिरि अन्त महिमा माला छ अपार । ३ ।
चित्रलेखा छन्द क्क्क् क्क्ष्क्ष् क्ष्क्ष्क्ष् क्ष्क्क् क्ष्क्क् क्ष्क्क्
पाउँला संविधान
सीधा–साधा जतन हृदयमा बेलका लड्डु ख्वायौ
शान्तानन्दी मगन तनहरू मस्तले नै सुतायौ ।
जो चल्दैनन् वचन सुपथमा कालकै छैन ध्यान
के बन्ला खै विषयसँग न भै पाउँला संविधान । १ ।
भाका नाघेपछि पछि सबको भो घृणा–पात्र मान्छे
यस्तो जेता जगत भरणको भो हुँदै हुन्न मान्छे ।
इच्छा गर्छन् तर जनमनले मुख्य के, छैन ध्यान
निद्र्वन्द्वी भै सकल मन मिले पाउँला संविधान । २ ।
कुर्सी पाएपछि पछि विधिको ज्ञानको मार्ग त्याग्ने
मौका मिल्दा पनि सब सुखको भौतिकी मार्ग रोज्ने ।
त्यस्ताले के नरहित सुखको स्वच्छता दिन्छ मान
घन्केला के जन–मन–तनको पाउँला संविधान । ३ ।
मासौँला है भुवन–भुवनका आँतका आततायी
भोगौँला यो परिभव सबले एकता साथ ल्याई ।
भन्ने राम्रो मनन–सुमनको प्रेममा होस् समान
मान्छे–मान्छे बन न बन सबै पाउँला संविधान । ४ ।
अन्तर्भूता सुरुचि सुकृतिको भाव राख्ने छ इच्छा
आह्लादी त्यो ध्वनि–कल–कलको राग सुन्ने छ इच्छा ।
धारा के हो वितत सुरभिको बुभ्mन सक्ने भएन
गङ्गा–धारा यदि वचन भए पाउँला संविधान । ५ ।
श्रद्धा, विश्वाससहित हितको मानवीतत्व भाको
साँचो टिप्ने दृढ गति, मतिको पूर्णता भित्र भाको ।
मान्छे नै हो तर पनि किन हो द्वन्द्वमा देख्छ शान
स्वच्छन्दीको वितत–सुगतमा पाउँला संविधान । ६ ।
कामनाको कला यो
मेरो भन्ने अझ तक मनले छाड्न नै दुख्ख मान्छ
केही केही क्षणिक रमणको धार नै धर्म ठान्छ
रम्दै हिंड्ने बल यदि सुकिलो भेट्न पाए नि हुन्थ्यो
भन्ने लाग्यो सुगत दिन भए सत्यता मिल्न सक्थ्यो । १ ।
आप्mनो मात्रै सफल, सबल भो भन्न को सक्छ हेरौँ
बढ्दै जाने मन, तन–वन यो बुभ्mन को सक्छ सोचौँ
मान्छे आप्mनै गति र प्रगतिमा कर्ममै लिप्त हुन्छ
जान्ने को भो जगहित सुमना बर्बराशक्ति लिन्छ । २ ।
बाँच्नेमर्ने विविध छ कला कर्मको प्राप्ति रेखा
बाँच्ने मर्छन् कतिपय मृत भै पूर्ण बाँच्ने छ रेखा
एक्लै बस्छन् कतिपय मनहरू जीवनै स्वस्थ पार्छन्
संसारी भै कतिपय जनले जिन्दगी ध्वस्त पार्छन् । ३ ।
छाया माया कति त विगतका साथमा कायमै छन्
सक्दैनन् ती अलि पर हुन नै भित्रको रागमै छन्
यस्तै चल्ने कसम सहितको भागबण्डा गराई
भोगाचारी भुवनभर भए चल्छ के सार ल्याई । ४ ।
आस्था गर्दा जति सुमति भयो अन्यमा हुन्न भन्छन्
तत्वर्थीका वचन–मणि सबै प्रेममा रम्न पुग्छन्
बाँड्यो सारा सरस नसकिने अड्छ यो सत्यतामा
घुम्दै, फिर्दै अझ सरस भई आउने यो धरामा । ५ ।
केही भन्छन् अवगुण सब ती फाल्नु नै बेश हुन्छ
जो जो, जे जे, जति जति त भने धारमा सार हुन्छ
विद्वान्, स्रष्टा प्रकृति गति लिई हेर्दछन् सिर्जनामा
सत्यानन्दी मगन शुभ–सुधा पाउँछन् यो धरामा । ६ ।
हेरौँ, सम्झौँ गरल पनि सुधा बन्न सक्ने बनाऊँ
व्यर्थै आपूm अबुझ किन हुने तत्वमा बग्न पाऊँ
यो धर्तीको सुगति प्रगतिमा दिव्य धारा बगायो
आफैलाई अति त चहकिलो कामनाको कला यो । ७ ।
अवस्था भो सुधारको
केहो यो जिन्दगी सोच्छु, खोज्छु म पूर्ण साधना
सर्वत्र चूक घोप्ट्याइ पाउँछु, छैन भावना । १ ।
सुकिलामुकिला हिंड्ने बाटो खै पूर्ण जङ्गल
गोरेटो पनि देखिन्न कसरी हुन्छ मङ्गल । २ ।
संस्कारमा कतै खोट भयो कि अन्धकार भो
जुका झैँ टाँसिने, चुस्ने, फुट्नेको अधिकार भो । ३ ।
गति, सुगति खै आप्mनो स्वातन्त्र्य जिन्दगी कता
हराएँ कि त मेटाएँ देशको मुटु खै कता । ४ ।
म छु छैनसरी बस्छु, हेर्छु, टोलाउँछु पनि
भेट्छु कि सभ्यता मेरो तिर्खा मेटाउँला भनी । ५ ।
नरनारी सदाचारी, खोज्दै हिंड्दा पनि कतै
भेटिएनन् कहाँ जाऊँ, अन्धकार जताततै । ६ ।
हाहाकार छ खानाको, नानाको, धनधान्यको
त्यही जुटाइले खान्छ समय सब व्यर्थ भो । ७ ।
टाउका धेर टेकेर हिंडेको सभ्य ठान्दछ
उसलाई सबै जुट्ने त्यही नै पूर्ण मान्दछ । ८ ।
अन्तर्हृदयमा देखेँ प्रकाशको झिनो लता
यो गति गति नै हैन भन्ने लाग्यो कताकता । ९ ।
संस्कारी बन्नको लागि धेरै याम व्यतीत भो
सफलता भए हात असल शब्द–व्यङ्य भो । १० ।
स्वार्थमा सफलै बन्ला मानिस असलै भए
सबको धन पाइन्थ्यो, आपूmमात्र सुधारिए । ११ ।
क्षणिक वस्तुमा रम्ने भए धेर समाजमा
अरूको सुन्न सक्दैनन् कर्णरोगी विचारमा । १२ ।
आफै सिपालु ठानेर रम्दछन् डम्फुमाझमा
अङ्ग, ढङ्ग बिगारेर सुधार हुन्न देशमा । १३ ।
सबै छ तर देख्दैन के भयो नरको मति
क्षमता देख्न सक्दैन अन्तर्हृदयको गति । १४ ।
पिंजडामा परे जस्तै जिन्दगी के समाउनू
भारी बिसाउने ठाउँ पाइन्न के सजाउनू । १५ ।
जीवन
अनेकौँ क्षेत्रमा एक क्षेत्रको ज्ञान–आर्जन
गर्दा सम्पूर्णता मिल्छ जस्तो लाग्छ विधानतः ।
विधानमा चले व्यक्ति भय ता पर भाग्दछ
यही मानवको रेखा नाघ्न खोजे त जाग्दछ ।
जिउनु मात्र यो हैन, जीवन ज्युनुपर्दछ
आप्mनो परायको ख्याल गरेरै ज्युनुपर्दछ ।
बाहिरबाट देखाई गर्नेको धर्म हुन्छ र
भित्रैदेखि पलाएको ज्ञान हो तत्व आखिर ।
सुस्ताउन म जानेको होइन व्यवहारले
थिचेको छ, भनौँ व्यर्थ हुन्छ आप्mनो स्वभावले ।
विना वर्कतको काम गर्न थाल्यो भने पनि
प्रकृतिले सधैँ भन्छे, सुधार अब है जुनी ।
व्यवहार त आप्mनै हो यो गरे नगरे पनि
अरूकै हर्न जानेको हुन्छ है धनको धनी ।
जसले शान्ति मिल्दैन त्यो किन गर्नु सञ्चय
भन्दाभन्दै लठारिन्छ, उत्पन्न गर्छ त्यो भय ।
पूर्णता भित्रका वस्तु पूर्णत्वमै रमाउँछन्
केही देखिन्न बाहेक एक हो शास्त्र भन्दछन् ।
जसको जे छ पाइन्छ भन्दै बस्नु त मूर्ख हो
श्रमीको हातमा हुन्छ सबै कुरा यथार्थ हो ।
जीवन–प्रकाश
जहाँ प्रकाश भेटिन्छ, त्यहाँ जीवन मिल्दछ
जहाँ जीवन भेटिन्छ, त्यहाँ प्रकाश मिल्दछ ।
जहाँ प्रकाश भेटिन्छ, त्यहाँ अस्तित्व मिल्दछ
जहाँ अस्तित्वको वास भो श्रद्धा पनि खुल्दछ
जहाँ श्रद्धा छ अस्तित्व त्यहाँ मानव मिल्दछ
त्यही मानवले देशभित्र स्वतन्त्र पार्दछ ।
स्वार्थ नामेटमा मात्र जीवन मिल्न सक्दछ
त्यही प्रकाशका निम्ति साधना गर्नुपर्दछ ।
हिंड्दै छु तर हिंड्ने झैँ हिंड्न सक्दिन भार भो
मलाई जिन्दगी देऊ, देऊ त्यो उपहार हो ।
के गरी कालको जाल हटाऊँ भन्ने लाग्दछ
तसर्थ मार्ग त्यो देऊ, जहाँ प्रकाश मिल्दछ
स्वतन्त्र जीवनै भन्नु प्रकाशकै मुहान हो
यसकै निम्ति जिज्ञासु अघि बढ्दछ, मान यो ।
निर्मल दृष्टिमा सृष्टि अति सुन्दर लाग्दछ
त्यहाँ जीवन नै हुन्छ मानवी धन जाग्दछ ।
स्वच्छ जीवनले दिन्छ सत्यको मार्ग निश्चय
सत्यमा चल्न जानेमा मुक्त भो मन निर्भय ।
त्यही जीवन हो, नित्य रहन्छ त्यो यथार्थतः
आनन्द त्यसमै मिल्छ निश्चल मन पूर्णतः ।
आनन्दानन्द भो सृष्टि दृष्टि निर्मल भो पनि
निर्मल भावना खुल्छ, सरितासरि भो जुनी ।
सुन्दर सृष्टिभित्रै छ, सम्पूर्ण रूप निर्मित
त्यसैमा म छु निर्धक्क त्यसैमा सब सिर्जित ।
त्यही सुन्दर संसार सह–अस्तित्व सार हो
कार्यकारणको भाव प्रकाश पूर्ण सार हो ।
प्रेमभाव
प्रेम–आनन्द हो लक्ष्य प्रेमैले बाँच्नु पर्दछ
सेवामा प्रेम पाइन्छ भन्दछन् मुनि–सज्जन । १ ।
साँचो प्रेमी भए त्याग गर्छ नै छैन बाधक
बन्धन प्रेममा हुन्न स्वतन्त्र हुन्छ साधक । २ ।
त्याग नै प्रेममा हुन्छ त्यही हो क्षमता पनि
आप्mनै संसारमा रम्छ, त्यही वैराग्य हो पनि । ३ ।
स्वतन्त्रता भए मात्र प्रेम फक्रिन सक्दछ
चाहिँदैन कुनै वस्तु पूर्ण रमण गर्दछ । ४ ।
प्रयत्न प्रेममा हुन्न प्रसन्न मार्ग रोज्दछ
प्रेम नै लक्ष्य हो हाम्रो यसैमा तोष मिल्दछ । ५ ।
देखे जस्तो सुने जस्तो कहाँ हुन्छ र मानिस
प्रेम–गङ्गा समाएमा एकै नै हुन्छ मानिस । ६ ।
अध्यात्मको चुरो प्रेम महारास छ प्रेममा
संसारै भिन्न पाइन्छ द्विविधा हुन्न प्रेममा । ७ ।
निष्ठा सम्पत्ति हो आप्mनो निष्ठाले बल मिल्दछ
प्रशान्ति, प्रेम निष्ठामा रहन्छ अनि पूर्ण छ । ८ ।
निष्ठामा प्रश्न उठ्दैन अग्रगामी बनाउँछ
स्वतन्त्रता यसैमा छ प्रेमभाव जगाउँछ । ९ ।
हामी हरायौँ कता ?
यात्राको अनमोल सुन्दर कथा लेख्ने यसै राष्ट्रका
गङ्गाभैmँ अति निर्मली जलसुधा बोक्ने यही राष्ट्रका
खेलायौँ जन–भावना प्रकृतिमा देखेर नै दिव्यता
देखिन्नौँ किन पूर्णमा अब यहाँ हामी हरायौँ कता ? । १ ।
भोका छन् धन छैन यो विपदमा चिन्ता भई सल्बल
गथ्र्यो यो मन बिग्रियो भुवनमा एकाग्र भो खल्बल ।
सच्चा सेवकमा कतै पनि यहाँ देखिन्न अस्पष्टता
त्यस्तै थ्यौँ किन छैन है अब यहाँ हामी हरायौँ कता ? । २ ।
नेपाली धन भै सुशब्द बलमा चल्ने महान् सारथी
नेपाली मनका सुरम्य गतिका आस्था थियौँ पारखीे
मान्छेको गति बिग्रिए, धमिलिए भेटिन्न है पूर्णता
विद्वान् सर्जक छैन के ? प्रकृतिमा हामी हरायौँ कता ? । ३ ।
यौटा सुन्दरता बसाउन सके अस्तित्व अट्ने थियो
नेपाली जनको प्रबुद्ध मनमा पूर्णत्व फुल्ने थियो
संस्कारी तन छैन नै यदि भने देखिन्छ नै शून्यता
विद्वान् सर्जक गुप्त भै बसिदिँदा हामी हरायौँ कता ? । ४ ।
आत्मानन्द कता कता सुकृतिमा उन्माद मात्रै भयो
ऐश्वर्याकृति ता यथार्थक्षणमा आयो, रह्यो, गैगयो
व्यर्थैमा किन फुर्कने हरिप भै भेटिन्छ नै शुष्कता
विद्वान् सर्जक गुप्त भै रहनुले हामी हरायौँ कता ? । ५ ।
|